
मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का महेश विष्टले बताए ।
‘नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ ।’ सोही स्थान निवासी रुप विष्टले भने, ‘गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ ।’गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिए ।
‘झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ ।’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भने, ‘प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ ।’
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार