
जाजरकोट। देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले बताए।
उनका अनुसार गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द गरिएको थिएन । गत वर्ष परीक्षा समयमै भएका थिए । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ। सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए। डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्दछ । उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत नाका बन्द भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताए।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार