
डोटी। कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पतालमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ।
आइसोलेशन वार्ड उद्घाटन गर्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना रोकमथाम र नियन्त्रणका लागि सम्पूर्ण तयारी भइरहेको बताए । यसअघि उक्त अस्पातलमा वार्ड अभावमा कोभिडका बिरामीको उपचारमा निकै समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो ।उनका अनुसार यहाँका नौवटै स्थानीय तहमा रहेका सरकारी अस्पतालमा पनि गाउँपालिकाको समन्वयमा थप वार्ड निर्माण गरिने छ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार