
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरिएकाे सुचनामा निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ । अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।
त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार