
गोदावरी।कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछाको सङ्ख्या बढ्दै गएको छ । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको तिनको सङ्ख्या बढ्दै हो ।
जलाधार क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्न तीन वर्षअघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले सो नदीमा जथाभावीरूपमा माछा मार्न बन्द गराएका थिए । कैलालीका चुरे र मोहन्याल तथा डोटीका जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षण गर्दै आएकाले विभिन्न माछाका प्रजाति बढ्दै गएको चुरे गाउँपालिका–३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए।
तीन वर्षअघिसम्म ती पालिका भएर बग्ने नदी तथा खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने गरिन्थ्यो तर अहिले त्यस्ता कार्यमा प्रतिबन्ध लगाइएकाले अहिले त्यहाँ माछाको सङ्या वृद्धि भएको पाइएको उनको भनाइ थियो ।जलाधार क्षेत्रमा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये सहर, जेब्रा , बुचे असला, असला सोल, चुच्चे असला र राजाबाम रेथाने प्रजाति भएको चुुरे गाउँपालिका–१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए।“हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जोकोहीलाई कारबाही हुन्छ”, उनले भने।
ती पालिकाले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्र संरक्षण गर्न जिम्मा दिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व ९३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल ८५० क्युबिक किमी छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार