
राँझा । बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो ।
विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
खुला सिमाना रहेकाले बाँकेमा भारतबाट अवैध रुपमा साना हतियार ल्याएर आपाराधिक घटना घटाउने र यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने गरेको पाइएकाले त्यसलाई निस्तेज पार्न सुरक्षाकर्मी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार तीन दिनअघि मात्रै बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिका–६ दोन्द्रा गाउँमा अवैध हातहतियारको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा भरुवा बन्दुक, त्यसमा लाग्ने तीन थान छर्रा र कटुवा पेस्तोलसहित छोटेलाल राढलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अवैध हतियार कारोवारमा संलग्न व्यक्तिलाई आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियारसहित पक्राउ गर्ने गरेको छ । पक्राउ गरेका व्यक्तिलाई दर्ता गरेको मुद्दाका आधारमा पनि बाँकेमा अवैध हतियारको कारोवार वर्षेनि बढ्दै गएको पाइएको छ ।
बाँकेमा विगत तीन वर्षको अवधिमा हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको छ। यहाँस्थित नेपाल–भारत अन्तर्राष्टिय सीमा जमुनाह नाका औपचारिक रुपमा बन्द रहेको समयमा समेत अवैध हतियार पक्राउ पर्ने र त्यससम्बन्धी दर्ता हुने मुद्दा बढेको पाइएको छ ।
बाँकेमा आर्थिक वर्ष २०७५\७६ मा र आर्थिक वर्ष २०७६\७७ अवैध हतियारका पाँच मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष २०७७\७८ मा बढेर १४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार