
पटक्कै छैनन्
तिम्रा यादहरू विषजस्ता
छन्
कलकल बगिरहेको नदीको संगीतजस्ता
जुन डुबेको तालको मुस्कानजस्ता
जब अस्ताउँदै गरेको जुनले
मलाई अँध्यारोमै छाडेर गयो
त्यतिबेला तिम्रा यादहरू भए
अँध्यारोमै पढिएका जटिल कविताजस्ता
अँध्यारोमै गाइएका मधुर गीतजस्ता
म सोच्थें
तिमी विना उज्यालाहरू निभ्छन् आँखाबाट
जब निभी नै त गए
त्यतिबेला तिम्रा यादहरू भए
सिताराले ढाकिएका बेहुली रातजस्ता
परेलीभित्र नाचिरहेका स्वप्निल दुनियाँजस्ता
हाम्रै आँखाबाट छुटिगएका दिन
अहिले हाम्रै आँखामा अल्झिबसेका छन्
मेरो अंगालोबाट तिमीलाई छुटाउने साँझले
जब तिम्रै सम्झना गराइरहेका थिए
त्यतिबेला तिम्रा यादहरू भए
आफैंलाई खोज्दै हिँडेका जूनकीरीजस्ता
एकान्तमा कथाहरू सुनाइरहेका झ्याउँकिरीजस्ता
कहिलेकाहीँ
पातमा खसिरहेका झरीका थोपाहरू देख्छु
र आफ्नै हत्केला खोल्छु
हत्केलामा खसेको तिम्रो आँसु
अहिले सुकिसकेको छ
तिम्रै गह सम्झेर
जब मेरै आँखाबाट पनि आँसु बगे
त्यतिबेला तिम्रा यादहरू भए
पानीमा रुझेको पहेँलो घामजस्ता
हिउँले नुहाएको मरुभूमि चट्टानजस्ता
तिमी नभएपछि
मेरो मुटु चल्न छाडेको थियो
र म मृत खुसीहरूको मलामी हिँडेको थिएँ
जब हिँड्दा हिँड्दै मैले
चिहान खनिरहेका मानिसहरूको आँखामा हेरेँ
त्यतिबेला तिम्रा यादहरू भए
मृत्युकै छेउमा बसेर देखिएका सपनाजस्ता
अन्तिम प्रहरमा ब्यूँतिएको जिजीविषा जस्ता
पटक्कै छैनन्
तिम्रा यादहरू विषजस्ता
छन्
कलकल बगिरहेको नदीको संगीतजस्ता
जुन डुबेको तालको मुस्कानजस्ता ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार