
उदयपुर । उदयपुरको मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयको सम्पुर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । सेवाग्राही र अन्य कर्मचारीमा संक्रमण फैलन नदिन कार्यालयले सुचना जारी गर्दै सेवा बन्द गरेको हो ।
हिजो सोमबार त्रियुगा नगरपालिकाका एक अधिकृत स्तरका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबार नगरपालिकाको कामकाज बन्द गरिएकै बेला मालपोतका एक कर्मचारी संक्रमित भेटिएपछि सातादिनका लागि मालपोत पनि बन्द गरिएको हो।
मालपोत कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीमा संक्रमण पुष्टि भएपछि अन्यमा संक्रमण हुनबाट रोक्न सातादिनका लागि कार्यालय बन्द गरिएको जनाएको छ। कार्यालयको सूचनामा आउँदो २५ गतेसम्म कार्यालयको कामकाज रोक्ने निर्णय भएको उल्लेख गरिएको छ।
कर्मचारीमै संक्रमण देखिएकाले थप कर्मचारी र सेवाग्राहीमा संक्रमण हुने खतराबाट बच्न जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको पत्राचार अनुसार सातादिनलाई मालपोत कार्यालयका सम्पूर्ण कामकाज रोकिएको सूचनामा उल्लेख छ।
कार्यालयले आन्तरिक र अत्यावश्यक काम भने सुरक्षा सतर्कताको मापदण्ड अपनाएर निरन्तर सञ्चालन गर्ने जनाएको छ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार