
सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्करुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन्।
लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच शुरु गरेका हुन्। बजारमा आएर महँगो शुल्क तिरेर लिइने विषशेज्ञसहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाउँमा निःशुल्क दिन थालेका हुन्।
आफूले सिकेको ज्ञानलाई थोरै भए पनि केही अंश सामाजिक सेवामा लगाउने उद्देश्यले निःशुल्क सेवा दिने गरेको हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठले बताए। आफूले काम गर्ने शुल्कसहितको सेवालाई कम गरेर सामाजिक सेवावापत निःशुल्क सेवा दिन शुरु गरेको श्रेष्ठको भनाइ छ। सामान्य स्वास्थ्य सेवा लिन पनि बजार जानुपर्ने अवस्था अन्त्य गर्न गाउँमा विशेषज्ञ सेवा शुरु गरेको हाडजोर्नी रोग विशेषज्ञ उनले बताए।
लाटीकोइलीमा विशेषज्ञसहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाइ छ। स्वास्थ्यचौकीमा आफ्नो विशेषज्ञ सेवा निःशुल्करुपमा निरन्तर दिने श्रेष्ठले जानकारी दिए। वीरेन्द्रनगरको देउती अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा स्त्रीरोग विशेषज्ञ डा थापा कार्यरत छन्।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार