
काठमाडौँ — कवि एवं बाल साहित्य सर्जक शान्ति सापकोटाका दुई बाल कृति सार्वजनिक भएका छन् । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भर्चुअल कार्यक्रममार्फत शुक्रबार बाल कथा सङ्ग्रह ‘सिमसारको शङ्खे’ र बाल कविता सङ्ग्रह ‘धरतीकी रानी’ विमोचन भएका हुन् ।
कवि रमेशचन्द्र घिमिरेले ‘धरतीकी रानी’माथि समीक्षा गर्दै प्रकृति, पारिवारिक परिवेश, ऋतु एवं बालबालिकाका आनीबानीलाई लयात्मक रूपमा प्रस्तुत गरिएको बताए । १८ कविता समेटिएको संग्रहमा रवीन्द्र मानन्धरका चित्रहरू समावेश छन् । ४० पृष्ठको किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ।
यस्तै, ‘सिमसारको शङ्खे’मा पर्यावरणलाई प्राथमिकतामा राखी जीवजन्तु र पक्षीका कथाहरू समेटिएको बाल साहित्य सर्जक नेत्र तामाङले टिप्पणी गरेका थिए । जीवजन्तुबाहेक एक कथामा मानवीय संवेदना प्रस्तुत गरिएको उनले बताए । ५ वटा कथा रहेको संग्रहमा कीर्तिकिशोर जोशीका चित्रहरू समावेश छन् । ३२ पृष्ठको किताबको मूल्य १५० रुपैयाँ तोकिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कवि रमेश खकुरेलले सापकोटाको लेखनबारे चर्चा गरेका थिए ।
दुवै पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार